| बिहिबार, जेष्ठ ६, २०८३

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ।  ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले लैजाने मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिँदै छ । लोडसेडिङबाट आक्रान्त जनतालाई लोडसेडिङ अन्त्य गराएर उज्यालो दिएका घिसिङको पक्षमा अहिले आम जनता उभिएका छन् । 

सातौँ तहको इन्जिनियरबाट (२०५१ सालमा) नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्