| मङ्लबार, साउन २५, २०८३

आज देशभर १,४५४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर हालसम्मकै धेरै १,४५४  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । 
उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४हजार ९२५ रहेको छ। 

शुक्रबार थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा जना कोरोनाबाट ९७२ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।

संक्रमित हुनेमध्ये निको हुनेको दर ७१ प्रतिशत हो। विभिन्न अस्पताल तथा होम आइसोलेसनमा हाल १४ हजार ९२५ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृतक ५ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ३२२ जनामा कोरोना पुष्टि भएको छ। यस अवधिमा १० हजार ७०१ जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्