| बुधबार, असार ९, २०८३

गोरखा, पालुङ्टार र धार्चेमा १३८ जनाको स्वाब संकलन

गोरखाका तीन पालिकाका गरी बिहिबार एकसय ३८ जनाको स्वाव संकलन गरिएको छ । होम आइसोलेशनमा बसेका, संक्रमितसंगको कन्ट्याक ट्रेसिङ र नमूनाको रुपमा पिसिआर संकलन गरिएको पालिकाहरुले जनाएका छन् ।
गोरखा नगरपालिकाका २२ जनाको, पालुङटार नगरपालिकाको ९४ जनाको र धार्चे गाउँपालिकाको २२ जनाको स्वाब संकलन गरिएको पालिकाको स्वास्थ्य शाखाहरुले जनाएका छन् ।
गोरखा नगरपालिका १३ दराइगाउँमा होम आइसोलेशनमा बसेका नौ जना संक्रमितको र पोखरामा उपचार गराउन जाँदा कोरोना पोजेटिभ देखिएका एकजनाको कन्ट्याक टूेसिङमा परेका १३ जनाको स्वाव संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख इश्वर रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्