| बुधबार, असार ९, २०८३

घ्याल्चोकको खटार क्षेत्र ‘सिल’

कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागी भन्दै गण्डकी गाउँपालिका वडा नं ८ घ्याल्चोकको खसटार क्षेत्र सिल गरिएको छ ।

समुदायका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएपछि वडा सिल गरिएको बिहीवार सार्वजनिक सूचना जारी गर्दे वडा कार्यालयले जानकारी गराएको हो । लम्वुखोला देखि डुम्री खोला सम्मको क्षेत्र सिल गरिएको सूचनामा भनिएको छ ।

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र सो क्षेत्र का अत्यावश्यक बाहेकका अन्य पसल बन्द गर्न गराउन पनि कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्