| मङ्लबार, जेष्ठ ११, २०८३

गण्डकी प्रदेशमा थपिए ४९ कोरोना संक्रमित

 गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिहीबार ४९ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी कास्कीमा १९ र स्याङ्जामा १२ जना थपिएका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशभरि कोरोना संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ ।

निर्देशनालयका अनुसार बागलुङमा ९, तनहुँमा ३, पूर्वी नवलपरासीमा ५ र पर्वतमा १ संक्रमित थपिएका हुन् ।

निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माका अनुसार बिहीबार संक्रमित भएकामा पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत एक स्टाफ नर्स पनि छन् । साथै सोही अस्पतालमा उपचाररत एक पुरुष बिरामी, पोखरा र पर्वतमा एक–एक जना नेपाल प्रहरीमा कार्यरत छन् ।

साथै फेवासिटी अस्पतालमा उपचाररत एक महिला बिरामीमा पनि कोरोना पुष्टि भएको छ । अन्य भने विदेशबाट आएर क्वारेन्टाइनमा बस्नेहरु रहेको शर्माले बताए । संक्रमितलाई आइसोलेशन केन्द्रमा लैजान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्