| आइतवार, कार्तिक २२, २०८३

भारत बन्यो संसारकै दोस्रो धेरै कोरोना संक्रमित भएको देश

भारत सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित भएको संसारकै दोस्रो मुलुक बनेको छ। भारत सरकारले भूमिगत रेल सेवा सुरू गरेकै दिन दक्षिण अमेरिकी मुलुक ब्राजिललाई उछिन्दै भारत धेरै संक्रमित भएको दोस्रो देशमा उक्लिएको हो। अब भारतभन्दा अगाडि अमेरिकामात्र छ।
नरेन्द्र मोदी सरकारले निरन्तर ओह्रालो लागिरहेको अर्थतन्त्रलाई चलायमान बनाउन यसअघि लगाएका सबै प्रतिबन्ध खुलाउँदै गएकाले भारतमा कोरोनाको संक्रमण घट्ने कुनै संकेत देखिएको छैन।
संसारकै दोस्रो बढी जनसंख्या भएको भारतमा सोमबारमात्रै ९० हजार बढी संक्रमित थपिएक छन्। भारतमा अहिले संक्रमितको संख्या ४२ लाख नाघेको छ। जुन ब्राजिलभन्दा ६८ हजार बढी हो। यद्यपी ब्राजिलको नयाँ संक्रमितको संख्या केही घन्टापछि मात्र अपडेट हुनेछ।
प्रतिक्रिया दिनुहोस्