
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ । आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
थपिनेमा कास्कीको पोखरा महानगरपालिकामा मात्रै पाँच जना छन् भने नवलपरासी (बर्दघाट सुस्तापूर्व) का ६ जना छन् । नवलपरासीका सबै सङ्क्रमितलाई आइसोलेसन केन्द्र लगिसकिएको र कास्कीका सङ्क्रमितलाई आइसोलेसन केन्द्र लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ ।




