
लमजुङमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २७६ पुग्यो
लमजुङमा आइतबार साँझ १४ जना कोरोना संक्रमित पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा २ महिला र १२ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो। आइतबार बिहान मात्र लमजुङमा २ जनामा कोरना संक्रमण पुष्टि भएको थियो।
संक्रमित हुनेमा सुन्दरबजार नगरपालिका-३ का ३८, ३८, ३९ वर्षीय पुरुष, सुन्दरबजार नगरापालिका- १ का २४ वर्षीया महिला रहेकी छन्। यस्तै बेसीशहर नगरपालिका- २ का ४१ वर्षीय पुरुष, बेसीशहर नगरपालिका – ३ का ४३ वर्षीय पुरुष, बेसीशहर नगरपालिका – ९ का २६ वर्षीया महिला, बेसीशहर नगरपालिका -७ का ४४ वर्षीय पुरुष, मस्र्याङ्दी गाउँपालिका -२ का ५८ वर्षीय पुरुष छन्।
यस्तै राइनास नगरपालिका- ९ का २१ वर्षीय पुरुष, राइनास नगरपालिका-८ का ५५ वर्षीय पुरुष, राइनास नगरपालिका -६ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
लमजुङमा हालसम्म कोरोना संक्रमितको संख्या २७६ जना पुगेका छन्, भने उपचारपछि घर फर्किएको संख्या १२० जना पुगेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ।




