
गण्डकीका डीआइजीलाई कोरोना
गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) घनश्याम अर्याललाई कोभिड १९ पुष्टि भएको छ ।
कन्ट्याक ट्रेसिङका आधारमा उनको स्वाब परीक्षण गर्दा आइतबार बिहान रिपोर्ट पोजिटिभ आएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले अर्याललाई कोरोना भएको पुष्टि गरेको छ ।




