
कोरोनाबाट दुई सय ८० जनाको मृत्यू
कोरोना भाईरसको संक्रमणबाट नेपालमा आज सम्म दुई सय ८० जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।




