| आइतवार, कार्तिक २२, २०८३

पोखरा औद्योगिकक्षेत्रमा २९ जनामा कोरोना संक्रमण

कन्ट्याक्ट ट्रे्सिङका क्रममा पोखरा औद्योगिक क्षेत्रमा पीसीआर परीक्षण गर्दा बिहीबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले जोखिमयुक्त समूहको परीक्षण गर्ने क्रममा औद्योगिक क्षेत्रमा बुथ राखेर स्वाब संकलन गरिएको बताए । २९ मध्ये औद्योगिक क्षेत्रभित्रका कुन–कुन उद्योगका कामदार रहेको भने खुल्न बाँकी नै रहेको उनले बताए ।

पोखराको क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा वडा नम्बर १, ५, ८, १०, १२, १३, १४, १६, २७ र ३० का २१ देखि ५८ वर्षसम्मका २९ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्