| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेशका ८७ प्रहरीलाई कोरोना संक्रमण

अहिलेसम्म गण्डकी प्रदेशका ८७ प्रहरीलाई कारोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित प्रहरीको संख्या एक हजार ९५४ पुगेको छ । जसमध्ये ८१३ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् भने एक हजार १४१ जना उपचाररत छन् ।

सबैभन्दा बढी प्रदेश १ मा १९८ जना प्रहरी संक्रमित भएका छन् ।

त्यस्तै प्रदेश २ मा ११५, बागमती प्रदेशमा ५५, गण्डकी प्रदेशमा ८७, ५ नम्बर प्रदेशमा ७८, कर्णाली प्रदेशमा ३७ र सूदूरपश्चिम प्रदेशमा १३ प्रहरी संक्रमित भएका छन् ।

हालसम्म नेपालमा ४१ हजार ६४९ जना संक्रमित भएका छन् भने २३ हजार २९० निको भएका छन् । यस्तै २५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्