
कोरोनाबाट मृत्यू हुने विश्वभर ८ लाख ६२ हजार, नेपालमा २५० नाघ्यो
कोरोनाबाट मृत्यू हुनेको संख्या नेपालमा दुई सय ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यू भएको नियमित प्रेस ब्रिफिङमा डाक्टर जागेश्वर गौतमले बताए ।
बुधवार देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
नेपालमा हाल सम्म ४१ हजार छ सय ४९ जनालाई संक्रमण पुष्टि भएको छ ।
यस्तै कोरोनाका कारण विश्वभर ८ लाख ६२ हजार दुई सय ३० जनाको मृत्यू भएको छ ।




