| आइतवार, कार्तिक २२, २०८३

लमजुङमा १८ संक्रमित थपिए

लमजुङमा बुधबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक सञ्चारर्की पनि रहेका छन् । बुधबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा १३ पुरुष र ५ महिला गरी १८ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

बेसीशहर नगरपालिका २ का ४० वर्षीय पुरुष, बेसीशहर नगरपालिका ३ का ३७ र्षिय दुई पुरुष, वडा नं ३ कै १३ र २३ बर्षिय दुई महिला, बेसीशहर नगरपालिका वडा नं. ७ का २३ बर्षिय पुरुष र ४४ बर्षिय महिला, बेसीशहर नगरपालिका वडा नं. ८ का ३१, २२, १८, ४०, ३६, ३१ वर्षीय ६ जना पुरुष र बेसीशहरमा कार्यरत २७ वर्षीय एक पुरुष सं‍ञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्