| आइतवार, कार्तिक २२, २०८३

तनहुँको भानुमा आज मात्रै २२ जनालाई कोरोना

तनहुँको भानु नगरपालिकामा एकैपटक २२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण क्रममा भानु–६ मा ९ जना पुरुष र ७ मा १० जना पुरुष र तीन जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कोरोना सङ्क्रमण पुष्टि हुनेहरु अधिकांश समुदायका व्यक्तिहरु रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस्