| आइतवार, कार्तिक २२, २०८३

निषेधाज्ञाको मोडालिटी बदल्न गोरखाका नागरिक समाजको आग्रह

भदौ १ गतेदखि १४ गते सम्म अत्यावश्यक बाहेकका सबै ठप्प रहेको गोरखामा अब भने निषेधाज्ञाको मोडालिटी बदल्न नागरिक समाजले आग्रह गरेका छन ।

नागरिक समाजको तर्फबाट प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाउँदै निषेधाज्ञाका कारण नागरिकको जनजिवन पूर्ण प्रभावित भएकाले केही खुकुलो बनाउन माग गरिएको छ ।
नाकामा थप कडाई गर्दै पिसिआर जाँच बढाउन, बजार र बित्तिय क्षेत्र केही समय खुलाउन, जिल्ला भित्रको आउजाउलाई केही सहज बनाउन नागरिक समाजले माग गरेको छ ।

नागरिक साझा सबालका संयोजक स्थानेश्व्र दुवाडीले बिभिन्न ८ बुँदामा समेटिएको ध्यानाकर्षण पत्र प्रजिअ भट्टराईलाई बुझाएका हुन् ।

जिल्ला भित्रका आइशोलेसन र क्वारेन्टिनलाई गुणस्तरीय र मापदण्ड पुगेको बनाउनुपर्ने, कोरोना माहामारीको मौका छोपेर सेवा प्रवाहमा हुने अवरोध, बजार भाउवृद्धी, म्याद नाघेका सामग्री बिक्री जस्ता गुनासो आएकाले बजार अनुगमनलाई नियमित गर्न प्रशासन समक्ष माग गरिएको छ ।

किसानले धानमा मल हाल्न नपाएको चरम गुनासो आएकाले सहज आपूर्तीको ब्यवस्थाका लागि पनि नागरिक समाजले प्रशासनको ध्यानाकर्षण गराएको छ ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा, गैरसरकारी संस्था महासंघका अध्यक्ष सिताराम श्रेष्ठ, नागरिक साझा सबाल गोरखाका सहजकर्ता मोहसिन अलि मियाँले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्