
कोरोनाका कारण पोखरामा एक महिलाको आईसियूमै मृत्यू
कोरोना भाइरस संक्रमणका कारण पोखरामा ३२ वर्षीय महिलाको मृत्यु भएको छ।
कोरोना संक्रमण देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड– १९ उपचार केन्द्रको आइसियुमा भदौ ७ गते भर्ना भएकी महिलाको बिहीबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।
उनलाई निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ।




