
विश्वभर कोरोनाबाट मृत्यू हुनेको संख्या ७ लाख ८५ हजार, नेपाली १२० जना
कोभिड १९ को संक्रमणका कारण विश्वभर मृत्यू हुने मानिसको संख्या सात लाख ८५ हजार एक सय तीन पुगेको छ ।
यी मध्ये एक सय २० जना भने नेपाली रहेका छन् ।
नेपालमा पाँच लाख ५४ हजार तीन सय ८८ जनाको परीक्षण गरिएको मध्ये २८ हजार नौ सय ३८ संक्रमित भेटिएका छन् ।
विश्वभर कोभिड १९ बाट संक्रमितको संख्या दुई करोड २३ लाख ४१ हजार दुई सय ७३ जना संक्रमित मध्ये एक करोड ५ लाख ७४ हजार सात सय १८ जना निको भएका छन् ।




