
आज कोरोना संक्रमित एक हजार १६ थपिए
कोरोनाका १ हजार १६ संक्रमित थपिएका छन्। देशभर एकै दिन थपिएकाे याे संख्या हालसम्मकै बढी हाे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।
आज थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको छ।




