| आइतवार, कार्तिक २२, २०८३

गोरखाको तीन जना कोरोना संक्रमित थपिए

दराैँदी समाचारदाताः बारपाक सुलिकोट गाउँपालिकामा दुई र सिरानचोक गाउँपालिकामा एक गरी बुधवार गोरखामा तीन जना कोरोना संक्रमित थपिएका छन् । उनीहरु सबै विदेशबाट आएर क्वारेण्टाइनमा बसेका बिरामी हुन्

बारपाक सुलिकोट २ का २९ वर्षीय र ३ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सिरानचोक ५ का २५ वर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए । उनीहरु दुबई, कतार र भारतबाट आएका हुन् ।
यो सँगै गोरखामा संक्रमितको संख्या एकसय १० पुगेको छ ।

एक सय पाँच जना डिस्चार्ज भएका छन् भने एक जनाको ज्यान गएको छ । एक जना गोरखा अस्पतालमा उपचारत छन् । बुधवार थपिएका तीन जनालाई पनि आईसोलेसनमा राखेर उपचार गर्ने तयारी भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्