
गोरखामा कोरोना संक्रमित थपिए
गोरखा नगरपालिका ९ कि एक महिला कोरोना संक्रमण भएको छ । राजधानी प्रवेश गर्ने क्रममा गरिएको पिसिआर जाँचका क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।
उनको सम्पर्कमा आएका नजिकका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गर्ने तयारी गरिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए । पहिलो चरणमा परिवारका सदस्य र दोस्रो चरणमा उनको पसलमा आएकाहरुको परीक्षण गर्ने तयारी गरिएको उहाँले जानकारी दिए ।




