
गोरखा क्याम्पसको आइसोलेन रित्तियो
दराैँदी समाचारदाताः गोरखा क्याम्पसमा रहेको क्वारेन्टिन सहितको आइसोलेसन केन्द्र रित्तिएको छ । आइसोलेसनमा रहेका दुई जनालाई सोमवार गोरखा अस्पताल रिफर गरेसँगै उक्त आइसोलेसन केन्द्र खाली भएको हो । अहिले सम्म त्यहाँबाट ५९ जना कोरोना संक्रमण पुष्टि भएकाहरु निको भएर फर्किएका शाखा अधिकृत सुवासचन्द्र आचार्यले बताए ।
गोरखा अस्पतालमा ४० जना संक्रमितको उपचार भएको मध्ये ३४ जना डिस्चार्ज भएको सुचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । छ जना भने उपचाररत छन् । गोरखामा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ भने पिसिआर परीक्षण गरेका मध्ये एक सय भन्दाबढिको रिपोर्ट आउन बाँकी छ ।




