| आइतवार, कार्तिक २२, २०८३

गोरखामा तीन जना कोरोना संक्रमित थपिए

दराैँदी समाचारदाताः पालुङटार नगरपालिका, भिमसेन थापा र शहिदलखन गाउँपालिकाका एक/एक गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो ।
भिमसेनका २८ वर्षिय पुरुष ओमनबाट फर्किएर क्वारेन्टिन बस्दै आएका थिए भने शहिदलखन गाउँपालिकाका २५ वर्षिय पुरुष साउदी अरेविया बाट फर्किएका हुन् ।
पालुङटार नगरपालिका ५ का २९ वर्षिय पुरुषमा पनि कोरोना पुष्टि भएको हो । उनी पनि साउदीबाट फर्किएका थिए । यो सँगै गोरखामा कोरोना संक्रमितको संख्या एक सय ५ पुगेको छ ।
गण्डकी प्रदेशमा संक्रमितको संख्या सोमवार साँझ सम्म एक हजार तीन सय २० पुगेको छ भने चार जनाको ज्यान गएको छ । एक हजार १८ जना भने उपचार पछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्