| बिहिबार, साउन २२, २०७७

गोरखामा कोरोना संक्रमित ९९ पुगे

दरौँदी समाचारदाताः गोरखाका सिरानचोक गाउँपालिका का २९ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लाभर कुल संक्रमितको संख्या ९९ पुगेको छ । भारतबाट फर्किएर चित्रेपोखरी क्वारेन्टिनमा बस्दै आएका युवकलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

संक्रमित मध्ये पालुङटारका एक पुरुषको ज्यान गयो भने बाँकीको अवस्था समान्य छ । संक्रमित मध्ये ५३ जना निको भएर घर फर्किएका छन् भने बाँकी आईसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्