
कोरोना संक्रमित थपिए
दरौँदी समाचारदाताः गोरखा नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएका छन् । मनकामना बहिरा माध्यामिक विद्यालयको क्वारेन्टिनमा बसेका ५३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
ती ब्यक्ती भारतबाट असार ५ गते गोरखा आएर क्वारेन्टिनमा बसेका थिए । गोरखामा कोरोना संक्रमितको संख्या ९४ पुगेको छ । यी मध्ये एक जनाको मृत्यू भएको छ भने ३२ जना निको भएर घर फर्किएका छन् ।




