| आइतवार, कार्तिक २२, २०८३

झिँगटेका कन्ट्याक टे्रसिङका नौ जनाको कोरोना नेगेटिभ

दरौँदी समाचारदाताः भीमसेनथापा गाउँपालिकाको क्वारेण्टाइनका नौ जनामा कोरोना नरहेको पुष्टि भएको छ । सोमबार प्राप्त रिपोर्टमा त्यहाँ कन्ट्याक्टूेसिङ गरिएका १६ जनामध्य नौजनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए ।

कोरोना नेगेटिभ आएको जानकारीपछि परिबारसँग घुलमिल भएका भीमसेनथापा गाउँपालिका ६ झिँगटेका एक विद्यार्थीमा कोरोना पोजेटिभ आएपछि गत असार पाँच गते १६ जनाको स्वाव संकलन गरिएको थियो । बाँकी सात जनाको रिपोर्ट नआएको उनले बताए । त्यसैगरी सोमबार सो गाउँपालिकाका ३८ जनाको स्वाव संकलन गरिएको खनालले जानकारी दिए ।

त्यस्तै पालुङटार नगरपालिकाका २२ जनाको पनि स्वाव संकलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । दुवै पालिकाका गरी ६० जनाको स्वाव परीक्षणका लागि मंगलबार काठमार्डौ पठाइने सूचना अधिकारी राजुरमण न्यौपानेले जनाए ।

प्रतिक्रिया दिनुहोस्