| आइतवार, कार्तिक २२, २०८३

पाँच दिनपछि कोरोना संक्रमित आइसोलेसनमा आईपुगे

दरौँदी समाचारदाताः गोरखाको पालुङटार नगरपालिकाका दुई जना गोरखा अस्पताल र पाँच जना गोरखा क्याम्पसमा रहेको आइसोलेसनमा आईपुगेका छन् । संक्रमण पुष्टि भएको चार दिनपछि शनिवार र आईतवार उनीहरु आइसोलेसनमा आइपुगेका हुन् ।

शहिदलखन गाउँपालिकाका चार जना पुरुष पनि आइतवार गोरखा अस्पतालको आइसोलेसनमा आईपुगेका छन् । भिमसेन थापा गाउँपालिकाका पाँच जना पनि गोरखा क्याम्पसमा आइसोलेसनमा ल्याइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । लगातारको वर्षातले ग्रामिण सडक हिलाम्य हुँदा संक्रमितलाई सदरमुकामको आइसोलेसन सम्म ल्याउन समस्या भएको उनले बताए ।

गोरखा क्याम्पसमा निर्माण भएको आइसोलेसनमा ७० बेड छ । आवस्यक तयारी पुरा नभएको भन्दै शनिवार र आइतबार बिहान ल्याइएका संक्रमितलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो । गोरखा अस्पतालको आइसोलेसनमा २२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्