| आइतवार, कार्तिक २२, २०८३

गोरखा अस्पतालको आइसोलेसनमा रहेकाहरुको अवस्था समान्य

दरौँदी समाचारदाताः गोरखा अस्पतालको आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।

गण्डकी गाउँपालिकाको ९ जना, गोरखा नगरपालिकाको ७ जना, भिमसेन थापाको चार र बारपाक सुलिकोटका दुई जना, पालुङटारका १, काभ्रेका १ जना गरी २४ जना आइसोलेसनमा छन् ।

अस्पतालका चिकित्सक सन्तोष बास्तोलाका अनुसार आईसोलेसनमा रहेका दुई महिला र अन्य पुरुषहरुको अवस्था समन्य छ । आईसोलेसनमा रहेकाहरु नियमित ब्यायम गर्ने, स्वास्थ्य जाँच नियमित गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्