
बारपाक सुलीकोटका संक्रमित ताकुकोटका
बारपाक सुलीकोट गाउँपालिकामा कोरोना पोजेटिभ देखिएका दुवै जना भारतको हैदराबादबाट आएको खुलेको छ ।
वडा नं. ६ ताकुकोट निबासी दुवै जना सूर्यज्योति माविको क्वारेण्टाइनमा बसेको खुलेको कोरोना फोकल पर्सन कृष्ण भट्टले जानकारी दिए ।
उनीहरुलाई गोरखा अस्पतालस्थित आइसोलेशनमा लाने तयारी गरिएको उनले बताए ।




