
बालुवाको क्वारेण्टाइनका लागि आवश्यक सामग्री प्रदान
अजीरकोट गाउँपालिका वडा नं. ४ बालुवाबजारमा २० बेडको क्वारेण्टाइन स्थल निर्माण गरिएको छ । स्थानीय जीवनज्योति आधारभूत विद्यालय भवनमा वडा कार्यालयले क्वारेण्टाइन स्थल निर्माण गरेको हो ।
नवनिर्मित क्वारेण्टाइनस्थलका लागि नेपाल रेडक्रस सोसाइटी भच्चेक उपशाखा र मुटु फाउण्डेशनले सहयोगी सामग्री प्रदान गरेका छन् ।
क्वारेण्टाइनमा प्रयोग गर्ने गरी रेडक्रस उपशाखाका अध्यक्ष कुमराज गुरुङले वडा अध्यक्ष जंगबहादुर गुरुङलाई कम्मल(ओछ्याउने) २० थान, कम्मल(ओढ्ने) १० थान, एउटा व्यक्तिका लागि आवश्यक सबै सामान रहेको सेट एउटा प्रदान गरेको छ ।
मनोज एशोसिएशनको सहयोगमा मुटु फाउण्डेशले झुल १६ थान, सिरानी २० थान, तन्ना २० थान, कम्मल(ओढ्ने) १० थान, म्याट्रेश ३० मिटर प्रदान गरिएको मुटु फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।





