| आइतवार, कार्तिक २२, २०८३

गण्डकी गाउँपालिकाका लागि एकीकरण नेपालद्वारा स्वास्थ्य सामग्री प्रदान

 

कोरोना संक्रमण रोकथामका लागि भन्दै एकिकरण नेपालले गोरखाको गण्डकी गाउँपालिकाका लागि बिभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

संस्थाको कार्यक्षेत्र रहेको दुई गाउँपालिकाका लागि एक लाख ९६ हजार रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको संस्थाका कार्यक्रम संयोजक चन्द्र देवकोटाले जानकारी दिए ।

गत सोमबार एक समारोहका बीच ५० लिटर स्यानिटाइजर, चार सय थान नुहाउने साबुन, चार सय थान लुगा धुने साबुन, एक सय थान डिजिटल थर्मोमिटर, पाँच सय थान ब्रस, मञ्जन, पाँचसय थान मास्क र दुई सय थान सेनिटरी न्याप्किन रहेको देवकोटाले जानकारी दिए ।

 

डेनिस चर्च एड(डिसिए) नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा साहस परियोजना मार्फत गाउँपालिकाको बिभिन्न वडामा शिक्षा, स्वास्थ्य तथा सरसफाई, जिविकोपार्जन लगायतका क्षेत्रमा कार्यक्रम गर्दै आएको एकीकरणले गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानालाई सो सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।

 

गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा रहेका नागरिक तथा विपन्न र सीमान्तकृत वर्गका गरी एक सय परिवारलाई लक्षित गरी सो सामाग्री सहयोग गरिएको परियोजनाका कार्यक्रम संयोजक देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्