| आइतवार, कार्तिक २२, २०८३

सुनचाँदीको काम गर्ने कालिगढलाई खाद्य सामग्री प्रदान

सुनचाँदीको काम गर्ने कालिगढलाई राहतस्वरुप खाद्यान्न सामग्री प्रदान गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघ गोरखाले आइतबार गोरखा सदरमुकाममा कार्यरत ३९ जना नेपाली तथा बंगाली कालिगढलाई चामल, दाल, नून, तेललगायतका खाद्य सामग्री प्रदान गरेको हो ।

नेपाल सुनचाँदी महासंघको ६० प्रतिशत र जिल्ला संघको ४० प्रतिशत लगानीमा खाद्य सामग्री खरिद गरी कालिगढहरुलाई वितरण गरिएको जिल्ला संघका निवर्तमान कार्यसमितिका अध्यक्ष कृष्ण सुनारले जानकारी दिए । आरुघाट लगायतका बजारका कालिगढलाई खाद्य सामग्री प्रदान गर्न सम्बन्धित बजारका व्यवसायीहरुलाई आग्रह गरिएको उनले बताए ।

गोरखामा नेपाली र बंगाली कालिगढ कार्यरत छन् । कोरोनाको संक्रमण फैलन नदिन आव्हान गरिएको लकडाउनका कारण कामबिहिन भएपछि डेरा गरेर बस्ने कालिगढलाई साँझ बिहान छाक टार्न समेत समस्या भएकाले गोरखा नगरपालिकाको समन्वयमा सहयोग गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्