| आइतवार, कार्तिक २२, २०८३

जिल्ला प्रशासन, प्रहरी र कारागारका लागि थर्मल गन

मान्छेको आवागमन धेरै हुने जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कारागार शाखा गोरखाका लागि एक संस्थाले थर्मल गन प्रदान गरेको छ । आईपास नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मंगलबार थर्मल हस्तान्तरण गरेको हो ।

गोरखा जिल्लामा कार्यरत अन्तर्रा्ष्टिय गैर सरकारी संस्थमा कार्यरत कर्मचारीहरुको साझा मञ्च गोरखा डेभलपमेन्ट फोरमका सदस्य रामहरी देवकोटा र राम सापकोटाको समन्वयमा आईपास नेपालले उपलब्ध गराएको हो । गोरखा विकास फोरमका संयोजक राम सापकोटाले सो थर्मल गन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र एसपी ओम अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

आईपास नेपालले गोरखा जिल्लामा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतनका क्षेत्रमा बिगत लामो समयदेखि काम गर्दै आएको सो संस्थाकी क्लस्टर कोअर्डिनेटर सरस्वती पुरीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्