
गोरखा नगरपालिकाको विपद व्यवस्थापन कोषमा रोट्रयाक्ट क्लवले दियो ३० हजार
कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारका लागि गोरखा नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा रोट्रयाक्ट क्लव अफ गोरखाले ३० हजार रुपैयाँ योगदान गरेको छ ।
आइतबार नगर कार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा क्लवका अध्यक्ष विपिन पोखरेलले गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
सो रकमले कोरोना भाइरसबाट हुनसक्ने सम्भावित जोखिम न्यूनिकरण गर्न तथा लकडाउनका लागि उत्पन्न हुनसक्ने समस्या समाधानका लागि खर्च गरिने नगरपालिकाका मेयर राजनराज पन्तले जानकारी दिए ।




