
अजीरकोट ४ सिम्जुङमा राहत वितरण सुरु
अजीरकोट गाउँपालिकाको वडा नं. ४ मा राहत सामग्री वितरण सुरु भएको छ । गाउँपालिका कार्यालयको सहयोगमा वडा कार्यालय तथा कोभिड १९ नियन्त्रण तथा रोकथाम समन्वय समितिले स्थानीय ६३ घरधुरीलाई राहत वितरण गरेको हो ।
वडाभरिका अतिविपन्न, न्यून आय भएका र बाहिरबाट काम गर्न आएका मजदुरहरु गरी एकसय घरधुरीलाई राहत वितरण गर्ने लक्ष्य रहेकोमा बाँकीलाई शनिबार वितरण गर्ने कार्यक्रम रहेको वडाअध्यक्ष जंगबहादुर गुरुङले जानकारी दिए ।
गाउँपालिकाको राहत कोषबाट प्रतिपरिबार २५ केजी चामल, तीन केजी दाल, दुई केजी चिनी, दुई केजी नून, दुई लिटर तेल र चार वटा साबुनका दरले घरघरमै पुगेर वितरण गरिएको स्थानीय प्रवीण गुरुङले बताए ।




