
अजीरकोट गाउँपालिकाका स्वास्थ्य संस्थालाई मास्क र सेनिटाइजर प्रदान
कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरण तथा रोकथामका लागि अजीरकोट गाउँपालिका ४ सिम्जुङका धनबहादुर गुरुङले गाउँपालिकालाई स्वास्थ्य सहयोगी सामग्री प्रदान गरेका छन् ।
गोगनपानी स्थायी घर भई हाल काठमाडौंमा पर्यटन ब्यबसाय गर्दै आएका गुरुङले बिहिबार गाउँपालिका कार्यालयमा पुगेर प्रत्येक स्वास्थ्य संस्थाका लागि भन्दै एकहजार थान सर्जिकल मास्क तथा १० लिटर सेनिटाइजर प्रदान गरेका हुन् ।
मुटु फाउण्डेशनका अध्यक्ष समेत रहेका गुरुङले गाउँपालिकाका अध्यक्ष फणिन्द्र धिताललाई सो सहयोगी सामग्री हस्तान्तरण गरेका गाउँपालिका कार्यालयले जनाएको छ ।




