
धार्चेका अति बिपन्न श्रमिक मजदुरलाई भारतीय नागरिक दीपक त्रिपाठीको सहयोग
भारतीय नागरिक दीपक त्रिपाठीले गोरखा, धार्चेका श्रमिक मजदुरलाई राहत सामग्री प्रदान गरेका छन् ।
यूएनडिपीमा आवद्ध रहेका त्रिपाठीले धार्चेमा दैनिक ज्यालादारीमा काम गरेर परिबार पाल्दै आएका खानीबेशी र काशिगाउँबेशीमा अति बिपन्न ५० जनालाई चामल, नून, तेल प्रदान गरेका गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
हाल काठमाडौंमा रहेका त्रिपाठीले पठाएको ३० हजार रुपैयाँबाट प्रति परिबार पाँच किलोका दरले चामल, एक किलो नून, एक लिटर खानेतेल र एक किलोका दरले दाल प्रदान गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।




