| आइतवार, कार्तिक २२, २०८३

युएनडिपीद्वारा कोभिड १९ बाट बच्न गोरखामा आधारभूत स्वास्थ्य सामग्री वितरण

युएनडिपीले कोभिड १९ को संक्रमणबाट बच्न तथा बचाउन गोरखाका स्थानीय तह, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरुलाई विभिन्न आधारभूत स्वास्थ्य सामग्री वितरण गरेको छ ।

युएनडिपीले दुईवटा नगरपालिका, छ वटा गाउँपालिका, जिल्ला अस्पताल, जिल्ला प्रशासन कार्यालय, प्रहरी, सेना, पत्रकारलाई सर्जिकल मास्क, सेनिटाइजर, पञ्जा र सूचनमूलक सामग्री प्रदान गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ बाट हुनसक्ने महामारीबाट सचेत हुन र बच्न सर्जिकलमास्क, सेनिटाइजर, पञ्जासहित सुचनामूलक सामग्री वितरण गरिएको युएनडिपीका जिल्ला संयोजक राम सापकोटोले जानकारी दिए ।

सापकोटाले युएनडिपीबाट प्राप्त उक्त सामग्रीहरु बिहिबार गोरखा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र पत्रकार महासंघ गोरखालाई हस्तान्तरण गरिएको हो । यस्तै युएनडिपीले गोरखानगरपालिका, पालुङटार नगरपालिका, धार्चे, गण्डकी, आरुघाट, सिरानचोक, अजिरकोट र शहिदलखन गाउँपालिकामा उक्त सामग्री वितरण गरेको छ । प्रत्येक स्थानीयतहमा तीनसय थान मास्क, एकसय थान सेनिटाइजर र एकसय थानका दरले पन्जा वितरण गरिएको सापकोटाले जनाए ।

यस्तै, जिल्ला प्रशासन कार्यालयमा दुईसय ५० थान मास्क, एकसय थान सेनिटाइजर र एकसय थान पञ्जा वितरण गरिएको छ । जिल्लामा कार्यरत पत्रकारका लागि समेत एकसय थान मास्क, २५ थान सेनिटाईजर र २५ थान पञ्जा हस्तान्तरण गरिएको छ ।

युएनडिपीले कोरोना भाईरसको संक्रमणबाट जोगिन तथा सचेत रहनका लागि सूचनामूलक सामग्री समेत सबै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पत्रकार महासंघ गोरखालाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्