
अजीरकोट गाउँपालिकाको अपिल : प्रेसर, सुगर, दम जस्ता दीर्घकालीन सेवन गर्ने औषधी हेल्थपोष्टपोष्टबाट लिन आग्रह
अजीरकोट गाउँपालिकाले सुगर, प्रेसर, दम लगायतका दीर्घकालसम्म खाने औषधी स्थानीय स्वास्थ्य संस्थाबाट लिन आग्रह गरेको छ ।
गाउँपालिकाका अध्यक्ष फणिन्द्र धितालले एक विज्ञप्ति जारी गरी सेवन नगरी नहुने दीर्घकालीन औषधी किन्न लकडाउनका टाढा बजार जान नपरोस् भनेर गाउँगाउँमा उपलब्ध गराएको बताएका छन् ।
साथै गरीब तथा बिपन्न बर्गलाई राहत दिने उद्देश्यले गोरखाको अजीरकोट गाउँपालिकामा लगत संकलन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
लकडाउनका कारण बाहिर काममा जान नपाएका कारण दैनिक छाक टार्न नपाउनेहरुलाई राहत दिनका लागि अति गरीब तथा बिपन्न बर्गको लगत संकलन गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष फणिन्द्र धितालले जानकारी दिए ।
साथै गाउँपालिकाले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरणका लागि क्लोरिन झोल छर्किएको अध्यक्ष धितालले जानकारी दिए ।
गाउँपालिकाले विदेशबाट आएकाहरुको तथ्यांक पनि संकलन गरेको छ । उनीहरुलाई घरघरमै क्वारेण्टाइनमा राखेर निगरानी गरिएको पनि स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले जानकारी दिए ।
लकडाउनका कारण टाढाको स्वास्थ्य संस्थामा जान समस्या हुने भएकाले गाउँपालिकाको स्वास्थ्य शाखाले वृद्धवृद्धा तथा दीर्घरोगीले सेवन गर्ने उच्च रक्तचाप, मधुमेह तथा दम लगायतका औषधीहरु सबै स्वास्थ्य चौकीहरुमा पु¥याइएको दवाडीले जानकारी दिए ।




