| आइतवार, कार्तिक २२, २०८३

गोरखामा ठेकेदारको अर्को सिन्डिकेट, नगर उप-प्रमुखसमेतलाई दुर्व्यवहार

पालुङटारमा विदेशबाट आउनेको प्रारम्भिक संख्या २६, सबैको होम क्वारेण्टाइनमा

 

पालुङटार नगरपालिकामा लकडाउनको आसपास विदेशबाट २६ जना आएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । नगरपालिकाले उपलब्ध गराएको तथ्याङक अनुसार सबैभन्दा धेरै भारतबाट १० जना आएको पाइएको छ ।

पालुङ्टार १ मा भारतबाट दुई जना आएका छन् । वडा नं. २ मा विदेशबाट छ जना आएकामा एकजना भारतबाट आएको खुलेको छ बाँकी पाँचजनाको देश नखुलेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै वडा नं. ३ मा तीनजना क्यानडाबाट, एकजना भारतबाट, एकजना यूके र एकजना साउदीबाट आएका छन् । वडा नं. ४ मा एकजना मात्र भारतबाट आएको पाइएको नगरपालिकाले जनाएको छ । त्यस्तै वडा नं. ५, ६ र १० को तथ्यांक प्राप्त भएको छैन । वडा नं. ७ मा दुईजना दुबईबाट, दुईजना भारतबाट र एकजना कतारबाट आएका छन् । वडा नं. ८ मा एकजना दुबई र दुईजना भारतबाट आएका छन् भने वडा नं. नौ मा एकजना भारतबाट आएको पाइएको स्वास्थ्य शाखाका दीपेन्द्र गिरीले जानकारी दिए ।

उनीहरु सबै होमक्वारेण्टाइनमै छन् । सबैको अबस्था सामान्य रहेको पाइएको नगरपालिकाले जनाएको छ । उनीहरुलाई समयसमयमा स्थानीय स्वास्थ्यकर्मी, जनप्रतिनिधिले बेलाबेला निगरानी गरिरहेको नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्