| आइतवार, कार्तिक २२, २०८३

गोरखा च्याम्बरले दियो स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई मास्क

गोरखा च्याम्बर अफ कमर्शले शनिबार कोरोनाविरुद्ध काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई मास्क वितरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत गोरखा अस्पतालका लागि दुईसय २० थान, गोरखा नगरपालिकाको स्वास्थ्य शाखालाई दुईसय २० थान मास्क वितरण गरेको च्याम्बरका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिए ।

त्यस्तै प्रशासन कार्यालय मार्फत नै च्याम्बरले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका लागि दुईदुईसय थान मास्क वितरण गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । त्यस्तै नेपाल पत्रकार महासंघलाई ५० थान, मझुवा चौकीलाई २५ थान र बारकिलो प्रहरी चौकीलाई २० थान मास्क वितरण गरेको श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्