| आइतवार, कार्तिक २२, २०८३

गोरखाभर ज्वारोका बिरामी जम्मा ८६ जना, सबैको अबस्था सामान्य

शुक्रबार गोरखा जिल्लाभर ८६ जना ज्वारोका बिरामीले स्वास्थ्य जाँच गरेका छन् ।

जिल्लाको ११ वटै स्थानीय तहका १२५ स्वास्थ्य संस्थाहरुमा ८६ जना ज्वारोका बिरामीले स्वास्थ्य जाँच गराएका जनस्वास्थ्य कार्यालय गोरखाकी प्रमुख विद्या तामाङले जानकारी दिइन् ।

गोरखा अस्पतालमा पाँच र ग्रामीण भेगका स्वास्थ्य संस्थामा ८१ जना ज्वारोका बिरामीको परीक्षण गरिएको थियो । उनीहरुमध्य रगत परीक्षण गर्न पठाउनु पर्ने केस कसैको पनि नरहेको तामाङले बताइन् ।

साधारण बिरामीलाई स्वास्थ्य संस्था नधाउन आग्रह गरिएको छ । गोरखामा ६६ वटा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइ, नगर स्वास्थ्य केन्द्र गरी १२५ वटा सरकारी स्वास्थ्य संस्थाहरु छन् ।

शंकास्पद बिरामी देखिए सेल्फ क्वारेण्टाइनमा बसेर उपचार गर्न आग्रह गरिएको तामाङले बताइन् । साथै गोरखा नगरपालिका र पालुङटार नगरपालिकालाई मास क्वारेण्टाइन स्थल बनाउन पत्राचार गरिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्