
आरुघाट गाउँपालिकाको तीन ठाउँमा हेल्थडेस्क स्थापना
कोरोना संक्रमण फैलिनबाट जोगाउन तथा जोगिनका लागि आरुघाट गाउँपालिकाले तीन ठाउँमा स्वास्थ्य चेकजाँच कक्ष स्थापना गर्ने निर्णय गरेको छ ।
बिहिबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले बिभिन्न तीन ठाउँमा उपकरणसहितको हेल्थडेस्क राख्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख पूर्ण दाहालले जानकारी दिए ।
‘धादिङबाट गोरखा भित्रिने बूढीगण्डकी पुलमा, भीमसेनथापा गाउँपालिकाबाट आरुघाट प्रवेश गर्ने स्तुलखोला पुलमा र घ्याम्पेशालबाट आरुघाट प्रवेश गर्ने सीमामा हेल्थडेस्क राख्ने निर्णय भएको छ’, उनले भने, ‘थर्मोगन, स्यानिटाइजर नपाए पनि सकेजति उपकरण, औषधीसहितको हेल्थडेस्क राखिन्छ ।’




