| आइतवार, कार्तिक २२, २०८३

कुकुरलाई रेविज बिरुद्धको ‘भ्याक्सिन’ लगाउँदै गाउँपालिका

पाल्तु होस् या छाडा, कुकुरलाई समय समयमा रेबिज बिरुद्धको भ्याक्सििन नदिँदा रेबिज रोग लाग्ने गर्छ । जब, कुनै पनि कुकुरलाई रेबिज रोग लाग्छ तब उसले जनावर होस् या मानिसलाई आक्रमण गर्न थाल्छ ।
त्यसैले समय समयमा नेपालकै बिभिन्न ठाउँका रेबिज लागेका कुकुरहरुलाई स्थानीय तहले मार्ने गरेको खबर आइराख्ने गरेको छ । रेबिज लागेको कुकुरलाई मार्नु कुनै नौलो कुरो हैन ।
तर, बारपाक सुलिकोट गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र रहेका सबै कुकुरलाई समाउँदैै रेबिज बिरुद्धको भ्याक्सिन लगाएको छ । गाउँपालिकाले गत फागुन चार गतेदेखि सोमबारसम्म पालिका भित्रका करिब पाँच सय भन्दा बढि कुकुरलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाएको जनाएको छ ।
‘समय समयमा भ्याक्सिन नलगाउँदा रेबिज रोग लागेका कुकुरको टोकाईबाट गाउँपालिकामा बाख्रा, गाई, भैँसी लगायतका जनावर बोलाउने समस्या बढ्दै गएकाले हामीले गत बर्षदेखि नै गाउँपालिकाका आठ वटै वडामा रहेका पाल्तु तथा छाडा कुकुरलाई समाउँदै रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालेका हौँ’ बारपाक सुलिकोट गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख विश्वनाथ गौतमले भने, ‘गत बर्ष करिब तीन सय कुकुरलाई र यस बर्ष करिब पाँच सय कुकुरलाई भ्याक्सिन लागाई दिएका छौँ ।’
गौतमका अनुसार सबै कुकुरलाई एक बर्षे भ्याक्सिन दिईएको छ । ‘हामीले सबै कुकुरलाई एक बर्षे भ्याक्सिन दिएका हौँ’, उनले भने, ‘भ्याक्सिन लगाईएको सबै कुकुरलाई अबको एक बर्षसम्म रेबिज रोग लाग्दैन । प्रत्येक बर्ष गाउँपालिका भित्रका सबै कुकुरहरुलाई यसरी नै रेबिज बिरुद्धको भ्याक्सिन दिने योजना बनाएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्