| आइतवार, कार्तिक २२, २०८३

लाप्राकको प्रसुती केन्द्रमा पहिलो पटक प्रसुती सेवा सुरु

उम्नी गुरुङ : घार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकमा रहेको लाप्राक प्रसुती केन्द्रमा पहिलो पटक प्रसुती गराइएको   छ । सोमबार राति करिब १२ बजे लाप्राककी सिता गुरुङको प्रसुती गराईएको स्थानीय शिक्षिका उम्नी गुरुङले जानकारी दिईन् । गाउँको प्रसुती केन्द्रमा सुरक्षित प्रसुती सेवा सुरु भएपछि गाउँले खुशी भएका छन् ।

बिगतमा घार्चे गाउँपालिकामा प्रसुती सेवा सञ्चालनमा आउन सकेको थिएन । ‘लाप्राकको प्रसुतीकेन्द्रमा पहिलो पटक सुत्केरी गराइएको छ’, उनले भनिन्, ‘यसअघि घरैमा असुरक्षित तरिकाले सुत्केरी गराईन्थ्यो । कहिलेकाही घरैमा असुरक्षित सुत्केरी गराउँदा समस्या आएर गर्भवती महिलाहरु मर्नुपर्ने सम्भावना पनि हुन्थ्यो ।

अब यस्तो अबस्था हट्यो । गाउँलेहरु खुशी भएका छन् ।’ बिगतमा घरमा नै प्रसुती गराउँदा समस्या पर्याे भने हेलिकोप्टर मार्फत उद्धार गर्नुपर्ने हुँदा जोखिम पनि हुने खर्चालु पनि हुने गरेको उनले बताईन् ।

‘पहिले सुत्केरी गराउँदा केही समस्या आयो भने ऋण गरेर हेलिकप्टर चार्टर गरी काठमाडौंतिर लाने गरिन्थ्यो । तर, अब गाउँमा नै प्रसुती हुने भएपछि त्यो समस्या हुँदैन’, उनले भनिन्, ‘प्रसुती केन्द्रमा सुत्केरी गराउँदा सरकारबाट पाउने सेवा सुबिधा पनि पाइने अनि सुरक्षित पनि हुने भएकाले सबै गाउँलेहरु खुसी भएका छन् ।’

प्रतिक्रिया दिनुहोस्