
माछाखोलामा दुई दिने स्वास्थ्य शिविर सुरु
धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा दुई दिने स्वास्थ्य शिविर सुरु भएको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय गोरखा, धार्चे गाउँपालिका र गोरखा जिल्ला अस्पतालले आयोजना गरेको स्वास्थ्य शिविरको सोमबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका हुन् ।
शिविरमा नाक, कान, घाँटी, छाला, हाडजोर्नी, स्त्रीरोग, आँखाको रोगको परीक्षण तथा उपचार, एक्सरे तथा ल्याव टेस्ट आदि सेवा दिइएको धार्चे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अमृत घलेले जानकारी दिए । सोमबार एकै दिनमा चारसय ९१ जनाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको उनले बताए ।
मंगलबार मोतियाविन्दूको शल्यक्रिया गरिने उनले बताए ।




