| आइतवार, कार्तिक २२, २०८३

अश्राङमा स्वास्थ्य शिविर

दरौंदी ः भीमसेन थापा गाउँपालिका र समाज बिकास सहयोग संस्थाको संयुक्त आयोजनामा अश्राङमा स्वास्थ्य शिविर सुरु भएको छ । मंगलवार भिसमेन थापा गाउँपालिकाको अश्राङमा भएको स्वास्थ्य शिविरमा एक सय भन्दाबढिले सेवा लिएका छन् । शिविरमा महिलाहरुको आङ खस्ने सम्बन्धी निशुल्क परीक्षण र २९ जनाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । शल्यक्रिया गर्नुपर्ने समस्या पनि भेटिएको छ । उनीहरुले उपचार गर्न चाहेको खण्डमा काठमाण्डौँ लगेर संस्थाले निशुल्क शल्यक्रिया गर्न सघाउने स्वास्थ्य शाखा प्रमुख खनालले जनकारी दिए । शिविर सञ्चालनको लागि वडा भित्र रहेको सहकारी र सामाजिक संस्थाहरुले सहयोग गरेको प्रमुख प्रशासकिय अधिकृत कृष्ण थापाले बताए । शिविर बोर्लाङ, महादेव टार, धावा, तान्द्राङ, खान्चोक र बगुवा स्वास्थ्य चौकीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्