| शनिबार, बैशाख ८, २०८१

गण्डकी प्रदेशमा बढ्यो स्क्रबटाइफसको संक्रमण

गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ८ जिल्लामा स्क्रब टाइफसको संक्रमण फैलिएको छ ।
गण्डकीको मनाङ, मुस्ताङ र म्याग्दी बाहेकका सबै जिल्लामा स्क्रबटाइफसको बिरामी देखिएका छन् । प्रदेशको सबैभन्दा धेरै गोरखामा यसको विरामी देखिएका छन् ।
गोरखामा स्क्रबटाइफको विरामी १२ जना देखिएका छन् । गोरखापछि नवलपरासी पूर्वमा ११ जना, स्याङ्जामा १० जना, बाग्लुङमा ७ जना, तनहुँमा ५ जना, पर्वतमा ३ जना, लम्जुङमा २ जना र कास्कीमा १ जना विरामी भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

कसरी लाग्छ स्क्रबटाइफस? कस्ता हुन्छन् लक्षण ?

यो रोग मुसामा पर्ने किर्नाबाट सर्ने रोग हो । चिकित्सकहरुका अनुसार मुसाले झाडी तथा घरभित्र बस्ने क्रममा किर्ना छोड्ने र त्यो किर्नाले टोकेपछि ‘ओरेन्सिया सुसुगामोसी’ नामक जीवाणु रगतमा प्रवेश गरेपछि स्क्रबटाइफस रोग लाग्छ ।
किर्नाले टोकेको पाँचदेखि ६ दिनभित्र संक्रमण हुन्छ । ज्वरो तथा पसिना आउने, टोकेको भागमा कालो दाग बस्ने या शरीरभरि रातो बिमिरा आउने, ग्रन्थी सुन्निने जस्ता लक्षण देखिन्छन् । किर्नाले टोकेको भागमा कालो दाग देखिन सक्छ ।
मुसा बसेको वरिपरी खाली खुट्टा हिँड्ने मान्छेलाई यसको संक्रमणको खतरा हुन्छ ।
धेरै ज्वरो आउनु, टाउको धेरै दुख्ने, पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने पनि यो रोगका लक्षणहरु हुन ।
यो रोगको समयमै उपचार नभएमा स्नायु प्रणालीहरु मस्तिष्क सुन्निने, कलेजो, मुटु, मिर्गौला बिग्रिने जस्ता समस्या देखिन्छ , । समयमा उपचार भएन भने विरामीको मृत्यु समेत हुन्छ । मुसा नियन्त्रण नै यो रोगको न्यूनि करणको सबैभन्दा राम्रो उपाय हो ।

प्रतिक्रिया दिनुहोस्