| आइतवार, कार्तिक २२, २०८३

नाम्जुङमा स्त्रीरोग सम्बन्धि शिविर

दरौंदी : नाम्जुङ स्वास्थ्य चौकीमा स्त्रीरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर भएको छ । स्वास्थ्य कार्यालय गोरखा र शहिद लखन गाउँपालिकाको स्वास्थ्य शाखाको संयुक्त आयोजनामा भएको शिविरमा १०७ जनाले सेवा लिएका छन् । शिविरमा ३९ जनाको पाठेघरकोे जाँच गरिएकोमा दुई जनामा पाठेघरको क्यान्सरको लक्षण देखिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विरेन्द्र श्रेष्ठले जानकारी दिए । गोरखा अस्पताल का मेडिकल सुपरीटेण्डेन डाक्टर श्रीराम तिवारी नेतृत्वको टोलीले शिविरमा सेवा दिएको छ । शिविरको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले उद्घाटन गरेका थिए

प्रतिक्रिया दिनुहोस्