
मेलानद्वारा निशुल्क सुगर जाँच
दरौंदी : मेडिकल ल्याबोरेटरी एसोसियसन अफ नेपाल (मेलान) गोरखाले १४ औं स्थापना दिवस मनाएको छ ।
सोमबार मनाइएको स्थापना दिवसको अबसरमा गोरखा सदरमुकाममा निशुल्क सुगर परीक्षण कार्यक्रम सम्पन्न भएको मेलानका नारायण अर्यालले जानकारी दिए ।
स्थापना दिवसको अबसरमा घ्याम्पेशाल बसपार्कमा भएको कार्यक्रममा एकसय जनाको सुगर जाँच गरिएको थियो ।
उनीहरुमध्ये २५ जनामा सुगरको समस्या देखिएको मेलानका नारायणबाबु अर्यालले जानकारी दिए ।




